पाँचथर पावरको आठौं वार्षिक साधारण सभा आह्वान, यस्ता छन् एजेन्डा

0
Shares

पाँचथर पावर कम्पनी लिमिटेडले जेठ २७ गते आठौं वार्षिक साधारण सभा डाकेको छ । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा आह्वान गरेको हो ।

सभामा कम्पनीको नियमावली नियम २७ (२) बमोजिम सञ्चालक समिति संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने–गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।

सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेको गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ ।

यसैगरी सभामा चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात बुकक्लोज अनुसार जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।