यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद बिक्रीबाट न्यूनतम चुक्ता पुँजी कायम गर्ने

0
Shares

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद बिक्री गरेर नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्ने भएको छ । कम्पनीको २०८१ जेठ ९ गते बसेको सञ्चालक समितिको ३२ औं बैठकले उक्त निर्णय गरेको हो ।

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका कम्पनी सचिव तथा मुख्य प्रबन्धक बैद्यनाथ प्रसाद उपाध्यायले कम्पनीको पुँजी योजना अनुरुप हाल कायम चुक्ता पूँजीको पन्ध्र प्रतिशत अर्थात १००ः१५ अनुपातमा (१०० कित्ता सेयर बराबर १५ कित्ता) हकप्रद सेयर जारी गरी पुँजी वृद्धिको स्वीकृतिका लागि सिफारिस सहितको प्रस्तावित पुँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको जानकारी दिए ।

बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपश्चात पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय समेत उक्त बैठकले गरेको हो । विसं २०८१ सालको असार मसान्तभित्र न्यूनतम चुक्ता पुँजी पूरा गर्न आवश्यक सबै प्रकृयाहरु सम्पन्न गर्न निर्देशन दिएको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणले सबै बीमकहरुलाई २०८१ बैशाख ४ गते पत्राचार गर्दै २०८१ असार मसान्तभित्र न्यूनतम चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । निर्देशन बमोजिम जीवन बीमक कम्पनीले न्यूनतम ५ अर्ब तथा निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको थियो ।

साबिक यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जरपछि हाल यूनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ । प्रस्तावित चुक्ता पुँजीको १५ प्रतिशत (३१ करोड ५० लाख रुपैयाँ) हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । हकप्रद जारीपछि कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ बाट ८ करोड ५० लाख बराबरको बोनस वितरण गर्दा नियामकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम हुनेछ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।