
साबिकको जनता बैंक नेपालको सम्पुर्ण शेयर रजिष्ट्रार सम्बन्धि सेवा अब (माघ १९ गते आइतबारदेखि) ग्लोबल आईएमई क्यापिटल मार्फत हुने भएको छ ।
दुबै बैंकको मर्जर र एकीकृत कारोबार पश्चात पनि यसअघि साविकको जनता र ग्लोबल बैंकको शेयर रष्जिष्ट्रार सम्त्रबन्धि छुट्टाछुट्टै स्थानबाट हुँदै आइरहेकोमा अब एकीकृत गरिएको हो। जनता बैंक ग्लोबल आईएमई बैंकसँग मर्जरमा गई गत मंसिर २० गतेदेखि दुबै बैंकले संयुक्त कारोबार थालेका थिए।
ग्लोबलमा मिसिए पश्चात साबिकको ग्लोबलको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल मार्फत नै साबिकको जनाता बैंकको शेयर स्थानान्तरण गरि कार्य हुने भएको हो। यसअघि जनता बैंकको शेयर रजिष्ट्रार सम्बन्धि सेवा आफ्नै क्यापिटल थापाथली मार्फत प्रवाह हुँदै आइरहेको थियो।










प्रतिक्रिया