यस्ता छन् आगामी बजेटका पाँच उदेश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

0
Shares

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उदेश्य र प्राथमिकता रहेको बताएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटका पाँच उदेश्य बताएका हुन्।

यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।

आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्।

त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्रको रूपमा विभिन्न कार्य गर्ने बताइएको छ। उर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकास गरी पाँच क्षेत्र सरकारको रूपान्तरणकारी योजना भएको अर्थमन्त्री पुनले बताए।

मन्त्री पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन्। उनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताएका छन्।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।