एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस सूचीकृत

0
Shares

एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १२ लाख ४१ हजार ६४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जेठ १६ गते बुधबार दुबै कम्पनीको बोनस नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनश सेयर वापत हुन आउने ८ लाख २ हजार ६०१ कित्ता र स्वरोजगार लघुवित्तको चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ४ लाख ३९ हजार ४० कित्ता बोनस सेयर यसै साता सूचीकृत भएको हो ।

दुबै कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभाबाट पारित गरेको बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत गराएका हुन् । सूचीकृत बोनस सभा प्रयोजनका लागि तोकिएको बुकक्लोज अनुसार एनएलजीको माघ २४ गतेसम्म र स्वरोजगारको फागुन १० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

एनएलजी इन्स्योरेन्सको फागुन ३ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२८९५ नगद लाभांश तथा स्वरोजगार लघुवित्तको फागुन २६ गते सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।