यो साताको सेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

0
Shares

बजेटपछि लगानीकर्ता आशाबादी बन्न नसक्दा सेयर बजार यो साता २.९१ प्रतिशत अर्थात ६१.९६ अंकले घटेर २०६९ दशमलव ५३ बिन्दुमा झरेको छ । मौद्रिक नीतिअघि बढेको सेयर बजार बजेट भाषणपछि घट्न थालेको हो । बजार घटेपछि यो साता धेरै कम्पनीका लगानीकर्ताहरुले भने गुमाएा कमाएका छन् ।

यस साता आईएमई जनारल इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक २३.१३ प्रतिशतले घटेर ४३६ रुपैयाँ ६० पैसामा झरेको छ । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड १३.७६ प्रतिशतले घटेर १११५ रुपैयाँ ९० पैसामा झरेको छ ।

यस साताको बजारबाट मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले १२.७८ प्रतिशतले घटेर ६८९ रुपैयाँमा झरेको छ । यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड १२.७८ प्रतिशतले घटेर १९३६ रुपैयाँ ३० पैसामा झरेको छ ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि १२.०८ प्रतिशतले घटेर १२०८ रुपैयाँमा झरेको छ । यसैगरी बुद्धभुमि नेपाल हाइड्रोपावर ११.९२ प्रतिशतले घटेर ५९१ रुपैयाँमा झरेको छ । वीन नेपाल वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले पनि यो साता ११.५३ प्रतिशतले गुमाएका छन् । लघुवित्तको सेयर मूलय घटेर १३६६ रुपैयाँमा झरेको छ ।

साथै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ११.४४ प्रतिशतले घटेर १३०९ रुपैयाँ ८० पैसामा झरेको छ । एनआईसी एशिया बैंक लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा प्रतिकित्ता मूल्य ४०७ रुपैयाँ ६० पैसा कायम भएको छ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड ९.२५ प्रतिशतले घटेर ८८७ रुपैयाँ ५० पैसामा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।