आइसीसी टी–२० मा वाईवाईको अफर : प्रत्येक रनमा एक हजार, शतकमा एक लाख रुपैयाँ दिने


वाइ वाइले टी–२० विश्वकप क्रिकेटमा हरेक रनमा एक हजार रुपैयाँ प्रदान गर्ने भएको छ । यस्तै वाइवाईले शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको छ ।

यस्तै प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उल्लेख गरेको छ । प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार र हरेक चौका ८ हजार प्रदान गर्ने जनाएको छ ।

आइसिसी टी–२० क्रिकेट विश्वकप आजबाट सुरु भएको छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडासँग प्रतिस्पर्धा गरेको हो । नवनीत धालिवाल र निकोलस किर्तनको अर्धशतकसँगै क्यानडाले आईसीसी टी–२० विश्वकपमा अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ। विश्वकपको नवौँ संस्करणमा दुवै टोली डेब्यु गरेका हुन् ।

क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससंग खेल्नेछ ।

विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म वेस्ट इन्डिज र इंग्ल्यान्डले समान दुईपटक उपाधि जित्दा भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले समान एकपटक उपाधि उचालेका हुन् । अमेरिका र क्यानडासहित युगान्डाले डेब्यु गर्न लागेका हुन् । नेपाल, केन्या र पपुवा न्युगिनी (पिएनजी)को दोस्रो सहभागिता हो । ओमान, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) तेस्रोपटक विश्वकप खेल्दै छन् ।

टी–२० विश्वकपका खेलहरु नेपाल र भारतमा स्टार स्पोर्टस नेटवर्कमार्फत हेर्न पाइने छन् । स्टार स्पोर्ट्स च्यानलहरूबाट नेपालीहरुले लाइभ हेर्न पाउने छन् । स्कोरकार्ड अपडेट क्रिक इन्फोका साथै नेपालका अन्य अनलाइन र मोबाइल एप्सबाट पनि लिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।