नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीका निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चालक समितिले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

१७ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले १८ गते शुक्रबारदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्तापछि बोड बैठकले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओ थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए । यस्तै उनले राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएर काम गरेको अनुभव छ । उनी अध्यापन र प्रशासनमा दख्खल मानिन्छन् । थापा नेप्लिज मार्केटिङ एसोएिसनका सञ्चालक समिति सदस्य हुन् ।

उनको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन भने बाँकी छ । यसअघि कम्पनीको सीईओका लागि सर्टलिष्टमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की छनौट भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।