नेपाल लाइफको बाह्र वर्षमा औसत ४७% लाभांश

0
Shares

जीवन बीमक कम्पनीको कुल ब्यापारमा एक चौथाई हिस्सा राख्ने नेपाल लाइफले आफ्ना सेयरधनीलाई पछिल्ला १२ वर्षमा औसत ४७.२५ प्रतिशत लाभांश दिएको छ ।

पछिल्लो पटक जेठ २० गते आइतबार कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तव गरेको हो । बाह्र वर्षमा कम्पनीले दश वर्ष बोनस सहित नगद लाभांश दिएको छ भने पछिल्ला दुई आर्थिक वर्षमा नगद मात्रै लाभांश दिएको हो । कम्पनीले सेयर बजारबाट घाटा खाएपछि आव २०७८–७९ मा भने सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण गरेन ।

कम्पनीको लाभांश विश्लेषण गर्दा आव २०६८/७९ सबैभन्दा धेरै कुल १२६.३१ प्रतिशत लाभांश वितरण गरेको छ रेकर्ड भने आव २०७६—७७ बाट सबैभन्दा कम कुल १४.७४ प्रतिशत लाभांश वितरण गरेको हो । समग्रमा कम्पनीले पछिल्लो बाह्र वर्षमा ४७.२५ प्रतिशत लाभांश वितरण गरेको छ। एघार वर्ष लाभांश दिएको कम्पनीले एक आवमा सेयरधनीलाई निराश बनाएको छ ।

Nepal Life Insurance Company Limited ( NLIC ) Dividend History
S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 0.00 21.05 21.05
2 2078/79 0.00 0.00 0.00
3 2077/2078 0.00 15.79 15.79
4 2076/2077 14.00 0.74 14.74
5 2075/2076 31.00 20.00 51.00
6 2074/2075 25.00 23.50 48.50
7 2073/2074 42.00 28.50 70.50
8 2072/2073 25.00 1.31 26.31
9 2071/2072 25.00 1.31 26.31
10 2070/2071 60.00 8.00 68.00
11 2069/2070 70.00 28.50 98.50
12 2068/2069 70.00 56.31 126.31
AVERAGE 30.17 17.08 47.25

नेपाल लाइफको हाल चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले जीवन बीमकलाई न्यूनतम पाँच अर्ब चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको कम्पनीको चुक्ता पुँजी सवा ३ अर्ब धेरै छ ।

यस्तै बैशाखसम्म कम्पनीले ३२ अर्ब ३८ करोड १६ लाख ५३ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेको छ। यो जीवन बीमको कुल संकलित बीमशुल्कको २६.६८ प्रतिशत बराबर छ ।

कम्पनीको बीमङ्किय मूल्याङ्कनअघि चैत मसान्तसम्म ५५ करोड ७० लाख ५६हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा कायम गरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.२३ गुणा कायम भएको छ । कम्पनीको घोषित बोनसदर ५० देखि ८५ रुपैयाँसम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।