‘बजेट इफेक्ट’ पछि उकालो लाग्यो सेयर बजार

0
Shares

सेयर बजार आइतबार दोहोरो अंकले बढेको छ । मौद्रिक नीतिको समीक्षापछि सुधारको बाटोमा रहेको नेप्से बजेटपछिका दुई दिन बुधबार र बिहीबार दोहोरो अंकले ओरालो लागेको थियो । आइतबार सम्हालिँदै नेप्से सूचक बढेर बन्द भएको हो । सेयर लगानीकर्ताले बजेट मार्फत सेयर बजारमा मुद्दा सम्बोधन हुने अपेक्षा गरेपछि सो अनुसारको बजेट नआएपछि बजारले नकारात्मक प्रतिक्रिया देखाएको थियो । दुई दिनको गिरावटपछि आइतबारदेखि सेयर बजार पुनः उकालो लागेको हो ।

बजेटले लगानीकर्ताका माग सम्बोधन गर्ने कुरा नल्याएपनि बजारलाई प्रभावित गर्नेगरी थप कडाई नगरेकाले पनि बजेट इफेन्टको करेक्शन सकिएको हो । यससँगै अब बजारले आफ्नो गति लिने विश्वास लगानीकर्ताले गरेका छन् । बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता, घट्दो ब्याजदर, आर्थिक वर्षको समाप्ती नजिकिँदै जाँदा लगानीकर्ताको मनोबल बढ्दा बजारले विस्तारै लय समात्ने अपेक्षा गर्न सकिन्छ ।

आइतबार सेयर बजार मापक परिसूचक नेप्से १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको छ । बजार बढेसँगै अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । कारोबारमा आएकामध्ये २१२ कम्पनीको मूल्य बढ्दा ८५ ओटाको घटेको छ भने २७ ओटा स्थिर रहेको छ । आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ६५ हजार ६५४ ओटा संख्यामा कारोबार भएको छ । आज कारोबार रकम ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँमा समेटिएको छ ।

साताको पहिलो कारोबारमाआएका १३ मध्ये १० उपसूचकमा हरियाली आएको छ भने लगानी, उत्पादन तथा प्रशोधनकुलक र लघुवित्त घटेको छ । यसदिन उत्पादन तथा प्रशोधनमुलक उपसमूहको सूचक २.४० प्रतिशत, लगानी ०.२३ प्रतिशत र लघुवित्तको ०.०५ प्रतिशतले घटेको छ ।आज ब्यापार उपसमुगत सूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ भने फाइनान्स २.१७ प्रतिशत, जलविद्युत १.२६ प्रतिशत र बैंकिङ्ग १.११ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक २२ करोड ६४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर करोबार भएको छ। फाइनान्सको ३ लाख ८२ हजार ३५ कित्ता सेयर खरिद बिक्री भयो । यस्तै पोखरा फाइनान्सको १८ करोड ७० लाख, फस्ट माइक्रोफाइनान्स १४ करोड ७ लाख, अपर लोहोरेखोला हाइड्रोपावरको १२ करोड ४४ लाख एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो । यसैगरी आजको बजारमा सिईडिबी हाईड्रोपावर, कालिन्चोक दर्शन, मल्टिप्रर्पस फाइनान्सको १० करोड माथिको सेयर खरिद बिक्री भयो । जानकी फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः ७ करोड ८५ लाख र ५ करोड ९६ लाखको कारोबार गर्दै शीर्ष दशभित्र समेटिएका छन् ।

आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै मल्टिपर्पसको प्रतिकित्ता ४९८ रुपैयाँ ३० पैसा र कर जितुमायाको ४१० रुपैयाँ ३० पैसा पुगेको छ ।
त्यस्तै, कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ८.८५ प्रतिशत, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ८.४८ र माइखोला हाइड्रोपावरको सेयर मूल्य ८.०२ प्रतिशतले वृद्धि भएको छ । नेपाल फाइनान्सको ७.८० प्रतिशत, अपर लोहरेखोला ७.४४ प्रतिशत, साल्ट ट्रेडिङ्ग ६.९६ प्रतिशत, सामुदायिक लघुवित्त ६.९१ प्रतिशत र एशियन हाइड्रोपावरको सेयर मूल्य ६.०६ प्रतिशतले बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ । यससँगै यस विकास बैंकको मूल्य प्रतिकित्ता ५७७ रुपैयाँमा झरेको छ। यसैगरी युनिलिभर नेपालको ७.८८ प्रतिशत, पोखरा फाइनान्स ५.२४ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को ३.७४ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.७३ प्रतिशतले मूल्य घटेको छ ।

आइतबारको बजार बढोत्तरीपछि कुल आज कुल बजार पुँजीकरण ३३ खर्ब ३ अर्ब ९ करोड ५० लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।