अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय बजेटले सुझाउन सकेनः वाग्ले

0
Shares

अर्थविज्ञ अच्युत वाग्लेले सरकारले ल्याएको बजेटले मन्दीमा रहेको अर्थतन्त्र उकास्ने खालको नयाँ उपाय नसुझाएको बताए । इकोनोमी मिडिया सोसाइटीले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम अर्थविज्ञ वाग्लेले यस्तो बताएका हुन् ।

अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेटले नसकेको उनको भनाई थियो । उनले भने, ‘सरकारले ल्याएको नयाँ बजेट महात्कांक्षी छैन । अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेट सकेको छैन ।’

बजेटले राजश्वको अतिरिक्त स्रोत पहिचान गर्न चुकेको उनको भनाई छ । यसका साथै कर प्रस्तावहरु कार्यान्वयन नहुने सम्भावन आंशिक मात्र रहेको बताए । ‘राजश्वको उल्लेख्य आकारका अतिरिक्त स्रोतहरु पहिचान गर्न बजेट चुकेको र कर प्रस्तावहरु कार्यान्व्यन पनि नहुने सम्भावना आंशिक मात्र छ’, उनले भने ।

राजश्व आम्दानीले साधारण खर्च धान्न नपुग्ने स्थिति निन्तर रहने उनको भनाई छ । सुशासनको प्रत्याभुति मार्फत दातृनिकायको विश्वास जितेर ठुलो वैदेशिक सहायता भित्र्याउन पनि सहज नभएको वाग्लले बताए ।

यद्यपि, आगामी बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिको लक्ष्य लिएको उनको भनाई छ । स्रोत, साधानलाई सन्तुलित र व्यवहारिक ढंगले परिचालन गरि आर्थिक असमानत र गरिबी न्यनूकरण, कृषि क्षेत्रमा रुपान्तरण, उर्जा क्षेत्रमा विकास, सूचना प्रविधि विकास, पर्यट प्रवर्द्धन र उद्यमशीलता र आद्योगिकत विकासको लक्ष्य लिएको वाग्लेले जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।