नेशनल हाइड्रोको नाफा बढ्यो, कर्जा घट्दै ऋणात्मक जगेडामा पनि सुधार

0
Shares

नेशनल हाइड्रो पावर (NHPC) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा नाफा बढेको विवरण सार्वजनिक गरेको छ । साथै हाइड्रोले कर्जाको आकार घटाएको छ भने ऋणात्मक जगेडा पनि घटाउँदै लगेको छ ।

हाइड्रोले गत आर्थिक बर्षको पुस मसान्तसम्म १२ करोड ६५ लाख रहेको कर्जा ९ करोड ६ लाखमा झारेको छ । यस्तै ४१ करोड ४९ लाख ऋणात्मक रहेको जगेडाकोष घटाएर ३६ करोड ३३ लाखमा झारेको छ ।

पुसमसान्तसम्म कम्पनीले १ करोड ७७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको नाफा १ करोड ४० लाख रुपैयाँ थियो । कम्पनीको विद्यु्त बिक्री बापतको आय बढेपछि नाफा २६.६७ प्रतिशतले बढेको हो ।

कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ६१ लाख २२ हजार रुपैयाँ आम्दानी गरे्को छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख ४४ हजार रुपैयाँले धेरै हो।

हाइड्रोपावरले एक करोड ३५ लाख रुपैयाँ प्रत्यक्ष खर्च गरेको देखिन्छ भने ४१ लाख ४१ हजार रुपैयाँ कम्पनीको सञ्चालन खर्च छ। एक अर्ब ३८ करोड ५९ लाख चुक्ता पूँजी रहेको यस हाइड्रोपावरकोे जगेडा कोष ३६ करोड ३३ लाख २० हजार रुपैयाँले ऋणात्मक छ ।

हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७८ पैसा तथा मूल्य आम्दानी अनुपात १४.२६ गुणा छ।