लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण, चार अर्बको धितोपत्र किनबेच

0
Shares

सेयर बजार सोमबार सामान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार सोमबार ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा झरेको हो । बजारमा लग्पकालीन लगानीकर्ता हाबी भएसँगै सेयर बजारको वृद्धिले निरन्तरता पाउन सकेन । सोमबार बजारको खुलेको दश मिनेट नपुग्दै ओरालो लागेको बजार चार पटक सम्हालिन खोजेपनि पुनः बिक्री चापले धकेलेपछि रातो भएर बन्द भएको हो ।

बजार सूचक वृद्धि हुन नसकेसँगै सोमबार सेयर लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीको सेयरमा परेको छ । यसले लघुवित्त २.४३ प्रतिशतले बढेर ४४८७.५१ बिन्दुमा पुगेको छ भने बाँकी सबै १२ ओटै उपसमुहगत सूचक घटेका छन् । आज विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल तिर्न पत्राचार गर्ने समाचार सार्वजनिक भएसँगै उत्पादन तथा प्रशोधनमुलक सूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको हो । नेप्सेमा सूचीकृत घोराही सिमेन्ट, सर्वोत्तम सिमेन्ट र बुक बिल्डिङ्गबाट आईपीओ ल्याउने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको अर्बौको विद्युत महसुल भुक्तानी हुन बाँकी छ ।

आज ३१६ कम्पनीका ८८ लाख २० हजार १२५ कित्ता सेयर ५९ हजार २९५ ओटा संख्यामा खरिद बिक्री भएको छ । कारोबार रकम ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएकोमा ३१ करोडले कारोबार रकम घटेको हो ।

बुद्धभुमि नेपाल हाइड्रोपावरको सर्वाधिक ९.९८ प्रतिशतले बढेर ६७२ रुपैयाँ पुगेको छ । यस्तै हिमालयन लघुवित्तको ६.९१ प्रतिशत, नेशनल लघुवित्तको ६.०५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ६.०४ प्रतिशत र ज्योति विकास बैंक बण्ड २०८७ को ६.०४ प्रतिशतले बढेको छ ।

उता इकाई निष्कासनको चार महीनासम्म इकाई सूचीकरण नगरी ढिला लिस्टिङ्ग गरेको एनआईबिएल स्टेबल फन्डको इकाई १० प्रतिशतले घटेर ९ रुपैयाँमा झरेको छ । यस्तै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको ५.९० प्रतिशत, कालिञ्चोक दर्शन लिमिटेडको ४.९६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ४.१२ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.९० प्रतिशतले सेयर मुलय घटेको छ।

सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक २ लाख ५२ हजार ८३८ कित्ता सेयर १४ करोड ८५ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै पोखरा फाइनान्स १३ करोड ८६ लाख, ग्रीन भेञ्चर लिमिटेडको १२ करोड ४० लाख, नेपाल फाइनान्सको १० करोड ७ लाख र हिमालयन लघुवित्रको पनि १० करोड ७ लाखको धितोपत्र किनबेच भएको छ । कारोबार संख्याको आधारमा ग्रीन भेञ्चरको सर्वाधिक १२३० पटक सेयर खरिद बिक्री भयो ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ९६ अर्ब ७८ करोड ६५ लाख ५५ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।