मुक्तिनाथ क्यापिटलद्धारा डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह

0
Shares

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालय मार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । खातावालाहरूले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन् । मेरो सेयर प्रयोगकर्ताले मेरो सेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन् ।

वार्षिक शुल्क भुक्तानी नगरेका खातावालाहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले एकपटक १९९९ रुपैयाँ भुक्तानी गरी क्यापिटलबाट सञ्चालित आजिवन डिम्याट र मेरो सेयर खाता योजनाको सुविधा लिनसक्ने बताइएको छ । यो सुविधा लिएपछि वार्षिक रुपमा डिम्याट र मेरो सेयरको नवीकरण गर्नुपर्ने झण्झटबाट मुक्त हुन सकिने क्यापिटलको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।