चिरख्खा हाइड्रोपावरले तोक्यो साधारण सभा र बुक क्लोज मिति


चिरख्खा हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार २३ गते आइतबार बिहान ११ क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाण्डौंमा सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९\२०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०८०\०८१ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ ।

वार्षिक साधारण सभाको लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असार ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।