जलविद्युत कम्पनीको सेयरमा आकर्षण, म्युचुअल फन्ड सर्वाधिक घट्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सेयर बजारमा जलविद्युत कम्पनीको सेयरमा आकर्षण देखिएको छ । सुरुवाती साढे एक घण्टा अवधिमा सेयर मूल्य बढ्ने र उच्च कारोबार हुने दुबैतर्फ जलविद्युत कम्पनी अगाडि छन् ।

साढे बाह्र बजेसम्म नेप्से ४.६० अंकले बढेर २०७७.७९ बिन्दुमा पुगेको छ भने जलविद्युत इन्डेक्स १.४७ प्रतिशतले बढेको छ । तेह्रमध्ये पाँच ओटा घटेका छन् भने आठ ओटा बढेको छ। म्युचुअल फन्ड सर्वाधिक ४.१९ प्रतिशतले घटेको छ ।

शीर्ष दश सेयर मूल्य बढ्नेमा कुथली बुखरी स्मल हाइड्रोापवरको सकारात्मक सर्किट सहित तेह्रथुम पावर, त्रिशुली जलविद्युत कम्पनी, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, एशियन हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, पिपल्स पावर, चिरख्वा हाइड्रोपावर र शुभम् पावर रहेका छन् । दशौं ठूलो मुलय बढेको शुभम् पावरको यस अवधिसम्म ५.३० प्रतिशतले सेयर मूल्य बढेकोछ भने बाँकी सोभन्दा बढी बढेका छन् ।

उता आजको बजारमा एनआरएनको सर्वाधिक १७ करोड १२ लाखको कारोबार हुँदा युनाइटेड इदिमर्दी ७ करोड ३८ लाख, सिईडिबी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, सुपर मादी हाइड्रोपावर, माउन्टेन इनर्जीन नेपाल लिमिटेड र माथिल्लो मैलुङ्गखोला जलविद्युत कम्पनी रहेका छन् । माथिल्लो मैलुङ्गखोलाको ३ करोड ८६ लाख बढीके धितोपत्र कारोबार भएको छ।

सवा एक घण्टामा २९० कम्पनीका ४० लाख ३५ हजार कित्ता सेयर २३ हजार ५१९ पटक खरिदबिक्री हुँदा कारोबार १ अर्ब ८५ करोडमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।