सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ।

ठगीको मुद्दामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए । सीआईबीले कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

सीआईबीले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल पक्राउ गरेको हो । काठमाडौं र ललितपुरको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

यसअघि पनि सीआइबीले १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । पुजा मार्केटिङ्ग नाममा प्रवाह गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋण अनियमितता आरोपमा सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम, सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (हाल प्रभु बैंकका डेपुटी सीईओ) मनोज न्यौपाने सहित  पक्राउ पर्नेमा दिपेश प्रधान, राजेश भण्डारी, रमण श्रेष्ठ, दिलिप बराल, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत समेत रहेका थिए।

धितोको मूल्यांकनभन्दा झण्डै एक अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेञ्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपानलेसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । उनीहरु सबैलाई हाजिरी जमानीमा छाडिसकेको छ। सो विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ ।

अहिले सञ्चालक समितिका सदस्य लगायतका पक्राउ गरेको हो। अनुसन्धान अनुसार प्रवाह भएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी (ओभर भ्यालुएसन) भएको देखिएको हो। हाल सेञ्चुरीलाई प्रभु बैंकले गाभिसकेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।