नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारणको हिस्सा कति पुग्यो ?

0
Shares

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्रको संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक सेयर हिस्सा घटाएर सर्वसाधारणतर्फको हिस्सा बढाएको हो ।

परिवर्तित धितोपत्रको संरचना अनुसार अब कम्पनीमा संस्थापक समूहतर्फ ५१.४९% र सर्वसाधारण समुहतर्फ ४८.५१% कायम भएको छ । हाल मिर्मिरे लघुवित्तको चुक्ता पुँजी अनुसार कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता रहेको छ। परिवर्तित पुँजी संरचना पश्चात संस्थापक समूहतर्फ ७१ लाख ९६ हजार ५०५ दशमलव ७४ कित्ता (५१.४९%) र सर्वसाधारण समुहतर्फ ६७ लाख ८१ हजार १३६ दशमलव ९८ कित्ता (४८.५१%) धितोपत्रको अनुपात कायम भएको हो ।

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । विसं २०८१ जेठ २८ गतेको निर्णयानुसार परिवर्तित धितोपत्रको संरचना नेप्सेमा अभिलेख गरिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।