तीस करोडको डिबेञ्चर जारी गर्न आइसिएफसि फाइनान्सले पायो अनुमति

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गर्न अनुमति पाएको छ । जेठ २८ गते पत्राचार गर्दै राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।

केन्द्रीय बैंकले फाइनान्स कम्पनीलाई प्रति ऋणपत्र हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८ जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

फाइनान्स कम्पनीको २०८० चैत १९ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठकले खीर्घकालीन स्रोत संकलनका लागि ३० कोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने निर्णय गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कम्पनीले ऋणपत्र बिक्रीको अनुमति पाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।