हिमालयन रि-इन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

0
Shares

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि असार १० गतेदेखि समाप्त हुने भएको हो ।   लकइन अवधि समाप्त भएसँगै असार १० गतेदेखि कम्पनीको धितोपत्र कारोबारमा १५ लाख कित्ता सेयरको आपूर्ति थपिनेछ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत साधारण सेयर निष्कासन गरेर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये २ करोड ४९ लाख कित्ता सर्वसाधारणलाई, ६ लाख कित्ता कर्मचारीलाई, ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएको नेपाली श्रमिकलाई, १५ लाख कित्ता समुहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो ।

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो । धितोपत्र बोर्डले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको लइकन ६ महिना लागू हुने व्यवस्था गरेसँगै एक्त सेयर कारोबारमा रोक लागेको थियो । बोर्डले २०८० कात्तिक २० गतेदेखि यो लागू लागू गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।