नेप्सेमा तेस्रो दिनमा पनि बढोत्तरी कायमै, कारोबार ६ अर्ब नजिक

0
Shares

सेयर बजारमा बुधबार सहित तेस्रो कारोबार दिन निरन्तर वृद्धि भएको छ । आइतबारसम्म तीन दिन घटेको बजार सोमबारदेखि बढ्न थालेकोमा बुधबार पनि वृद्धिले निरन्तरता पाएको हो । मंगलबार ३३ अंकको उच्च वृद्धि भएकोमा बुधबार १९ अंकसम्म बढेको बजारमा अन्त्यसम्ममा ६.३७ अंकको वृद्धिमा समेटिएको हो ।

बुधबार नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ बिन्दुमा पुगेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.४४ प्रतिशत, फ्लोट इन्डेक्स ०.३६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ प्रतिशतले बढेको छ ।

बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ७४ हजार ८५८ पटक कारोबार हुँदा कारोबार ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ पुगेको छ । नेप्सेमा सामान्य बढोत्तरी भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार ३३ करोड ८७ लाख रुपैयाँले बढेको छ । मंगलबार ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको २७ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबरको ३ लाख ९६ हजार १३४ कित्ता सेयर किनबेच भएको छ । यस्तै सिईडिबी हाइड्रोपावरको २४ करोड ४८ लाख, ग्रीन लाइफ हाइड्रोपावरको १९ करोड ९५ लाख, माउन्टेन इनर्जी नेपालको १४ करोड ३० लाख रुपैयाँ र सोनापुर मिनरल्स एण्ड आयलको १४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै सानिमा जीआईसी इन्स्योरेन्सको १२ करोड ७५ लाख, युनाइटेड इदिमर्दी एण्ड हाइड्रोपावरको १० करोड ३० लाख, ग्लोबल आइएमई लघुवित्तको १० करोड ३ लाख, शिवम् सिमेन्टको ९ करोड २२ लाख र बरुण हाइड्रोपावरको ८ करोड ६९ लाख रुपैयाँको धितोपत्र किनबेच भएको छ ।

आज कारोबारमा आएका सबै १३ ओटामध्ये ९ ओटा बढेको छ भने ४ ओटा घटेको छ । हाइड्रोपावर ०.६१ प्रतिशत, निर्जीवन बीमा, ब्यापार र होटल तथा पर्यटनमुलक घटेका छ भने बाँकी ९ ओटा बढेकोमध्ये फाइनान्स सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने लघुवित्त ०.८८ प्रतिशत, बैंकिङ्ग ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधनमुलक ०.६० प्रतिशतले बढेको छ ।

चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बुधबार कारोबारमा आएका ३१२ मध्ये ४ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबारको बढोत्तरीसँगै समृद्धि फाइनान्सको प्रतिकित्ता मूल्य ३९६ रुपैयाँ, मिड सोलु हाइड्रोपावरको प्रतिकित्ता मूल्य ७७० रुपैयाँ, साधना लघुवित्तको प्रतिकित्ता मूल्य १०८६.५० रुपैयाँ र ग्रीन लाइफ हाइड्रोपावरको प्रतिकित्ता मूल्य २३२.३० रुपैयाँ पुगेको छ ।

यसैगरी आजको बजारमा गणपति लघुवित्तको ८.६४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ८.०१ प्रतिशत, महुली लघुवित्तको ७.८७ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७.४८ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ६.४४ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.११ प्रतिशतले बढेको छ ।

बुधबारको बजारमा सयपत्री हाइड्रोपावरको सबैभन्दा धेरै ४.४८ प्रतिशतले मूल्य घटेको छ । यस्तै इष्टर्न हाइड्रोपावरको ४.४६ प्रतिशत, तेह्रथुम पावरको ४.३८ प्रतिशत, पोखरा फाइनान्सको ४.१९ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको ३.९६ प्रतिशतले मूल्य घटेको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण १० अर्ब ११ करोड ३६ लाख रुपैयाँले बढेर ३३ खर्ब ६४ अर्ब २६ करोड ६८ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार कुल बजार पुँजीकरण ३३ खर्ब ५४ अर्ब १५ करोड ३२ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।