युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउने प्रस्ताव पारित भएको छ । कम्पनीको आज सम्पन्न भएको विशेष साधारण सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १००ः१५ को अनुपातमा ३१ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशनको प्रस्ताव पारित भएको हो ।
काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा आज सम्पन्न विशेष साधारण सभाले हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने हुँदा सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको छ । साथै संशोधन उपर नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
साथै सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया