सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

0
Shares


सेञ्चुरी कमर्सियल बैंकले केदारेश्वर धामलाई एक थान एक हजार लीटरको पानी ट्यांङ्की र बीसका ५ हजार थान टिकट हस्तान्तरण गरेको छ।

बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त धाम  भ्रमणको लागी जाने भक्तजनको लागी सफा पानीे उपलब्ध गराउने उदेश्यका साथ उक्त ट्यांङ्कीका साथै यस धामको नियमीत सरसफाईको लागी यस धाममा पाल्नुहुने भक्तजनबाट सहयोग स्वरूप बीसका पांच हजार थान टिकट हस्तान्तरण गरेको हो।

पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरिएकोे छ।

केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ।