नागरिक लगानी कोषको लाभांश प्रस्ताव, अघिल्लो आवको तुलनामा घट्यो

0
Shares

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कोष सञ्चालक समितिको २०८१ जेठ ३२ गते शुक्रबार बिहान ८ बजे बसेको ३०८५ बैठकले गत आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात् लगानीकर्तामा वितरण हुने सञ्चालक समिति सचिव नवराज खड्काले जानकारी दिए ।

हाल कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसअनुसार कोषले ७४ करोड ३९ हजार २५ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ३ करोड ९१ लाख ५१ हजार ७१० रुपैयाँ नगद लाभांश सहित कुल ७८ करोड ३० लाख ७६ हजार ७१० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आव २०७९—८० को अपरिष्कृत वित्तीय विवरण अनुसार कोषले ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आव १०७८—७९ बाट कोषले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रशितत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियोे । अघिल्लो आवको तुलनामा कोषको लाभांश ११.५८ प्रतिशत कम हो ।

आर्थिक वर्ष २०७९—८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्तावित १४ प्रतिशबोनस वितरणपछि कोषको चूक्ता पुँजी ६ अर्ब ५करोड ७६ लाख ७५ हजार रुपैयाँ कायम हुनेछ ।

यस्तो छ नागरिक लगानी कोषको १३ वर्षको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/80 14.00 0.74 14.74
2 2078/2079 25.00 1.32 26.32
3 2077/2078 30.00 1.58 31.58
4 2076/2077 9.00 8.89 17.89
5 2075/2076 22.00 1.16 23.16
6 2074/2075 22.00 1.16 23.16
7 2073/2074 22.06 1.16 23.22
8 2072/2073 22.00 1.16 23.16
9 2071/2072 21.85 1.15 23.00
10 2070/2071 35.00 6.84 41.84
11 2069/2070 50.00 2.63 52.63
12 2068/2069 38.89 0.00 38.89
13 2067/2068 35.00 0.00 35.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।