शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न


शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न गरेको छ ।

पाँच वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो ।

रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिईएको थियो र साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले “विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए ।

जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वर प्रसाद गुप्ता ल जित्नुभएको थियो । त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ठ विक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जित्नु भएको थियो ।

समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्यातिप्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । देशभरका वितरक तथा विक्रेताहरुको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए ।

उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरुलाई थप उर्जा र हौशला प्रदान गर्ने धारणा राखे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।