गोल्छा ग्रुपको प्रस्तुत ग्लोकल टिन हिरो नेपालको १०औं संस्करणको लागि आवेदन खुल्यो


गोल्छा ग्रुपले आयोजना गर्दै आएको ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको आवेदन खुलेको छ ।

आइतबार आयोजकले एक विज्ञप्ति जारी गर्दै १३ देखि १९ वर्षका किशोर किशोरीलाई आवेदन दिन भनेको हो ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्ने कम्पनीको दाबी छ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका ९ जना किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा सन् २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो ।

यस वर्ष, हामीले पूर्वदेखि पश्चिमसम्म ५० बढी शहरहरू र १ हजार विद्यालय तथा कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य आयोजकको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रमिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायतका बिभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुल ग्लोकल टिन हीरोको वेबसाइट ग्लोकल टिन हीरो डटकम स्लास नेपालमा गई निशुल्क आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २० अन्डर २० को छनोट गरिने र उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ । अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२४ को बिजेता घोषणा गरिने बताइएको छ ।

हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा गु्रपकी निर्देशकसीमा गोल्छा, डब्लु डब्लु एफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, एस इन्स्टिच्युट अफ म्यानेजमेण्टका निर्देशक आशिष तिवारी तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहनेछन् ।

ग्लोकल प्रालिले शीर्ष साझेदारको रूपमा गोल्छा गु्रपसँग साझेदारी गरेको छस भने पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी, पञ्चकन्या ग्रुप, डिशहोम गो, एस इन्स्टिच्युट अफ म्यानेजमेण्ट र रियल् जुससँग सहकार्य गरेको छ । प्रारम्भ साझेदारको रूपमा द सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम, एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्स, पी आर साझेदारमा प्रिज्मा एडभरटाईजिंग, आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट कोइसन तथा समर्थकमा पिज्जा हटसँग सहकार्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।