एक्सिपिरियन्स टोयोटा असार ५ देखि सुरु हुने, १२ वर्ष सम्मको फाईनान्सिङ सुविधा पाइने


नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित टोयोटा शोरुममा एक्सिपिरियन्स टोयोटा आयोजना गरेको छ ।

२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, निशुल्क बीमा, १२ वर्ष अवधिको फाइनान्सिङ सुबिधा, सडक कर, विभिन्न उपहारहरु समेत पाउने विज्ञप्तिमा उल्लेख छ ।

यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई विभिन्न सुबिधाको बारेमा जानकारी गराईने कम्पनीले जनाएको छ । ग्राहकलाई यू।टि।एससँग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि पनि कम्पनीले अनुरोध गरेको छ ।

ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने अवसर उक्त उत्सव मार्फत ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।