आरम्भ माइक्रोफाइनान्सको गाभ्ने/गाभीने प्रस्ताव पारित


आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले बिहीबार विशेष साधारण सभा सम्पन्न गरेको छ । संस्थाको साधारणसभाल
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने तथा प्राप्ति÷सहमति हुने विषेश प्रस्ताव पारित गरेको छ ।

संस्थाको केन्द्रीय कार्यालयमा भएको सो विषेश साधारणसभाले गाभ्ने गाभिने तथा प्रप्ती र विलय हुने विषेश प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले उक्त प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन गर्न परामर्शदाता, मूल्याकंनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य वित्तीय संस्थाहरुका शाखा खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु पारित गरेको छ ।