ओम्नी मोटर्सको आम्दानी घट्यो, ९ महीनाको कारोबार ४० करोडमा खुम्चियो

0
Shares

ओम्नी ग्रुपले सञ्चालन गरेको ओम्नी मोटर्स प्राइभेट लिमिटटेडले आर्थिक वर्ष २०८०/८१ को ९ महीना अवधिमा ४० करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ६९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको प्रति महीना औसत हिसाब गर्ने हो भने ५२ करोड ३५ लाख रुपैयाँ हुन आउँछ । समीक्षा अवधिमा कम्पनीको ब्यापार २३.५९ प्रतिशतले खस्किएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले १३.४२ प्रतिशतले ब्यापार बढाएर २ अर्ब २८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब १ करोड १० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ४१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

मागमा आएको गिरावटका कारण कम्पनीले अपेक्षा गरे अनुरुपको आम्दानी गर्न सकेको छैन । यस्तै भारतबेन्ज कम्पनीले उत्पादन गर्ने सावारी साधनका मोडलहरु पनि सीमित रहेका छन् । जसकारण कम्पनीको सेल्समा गिरावट आइरहेको छ । सन् २०१३ मा स्थापना भएको ओम्नी मोटर्स भारतबेन्च ब्रान्डका कम्पनीहरुको आधिकारिक बिक्रेता रहेको छ । ओम्नी मोटर्स कम्पनीका देशभर ११ वटा भारतबेन्जका सोरुम रहेका छन् ।

टाटा मोटर्सले विभिन्न मोडलका कर्मेशियल सवारी साधनको उत्पादन सुरु गरेपछि भारतबेन्चद्धारा निर्मित सवारी साधनहरुको मागमा गिरावट आएको छ । टाटा तथा इचर्स कम्पनीहरुले सुलभ मूल्यमा विविध मोडलका सवारी साधनहरु विकास गर्दै गएका छन् । जसले प्रतिस्पर्धा बढाउनुका साथै ग्राहकहरुको ध्यान केन्द्रीत गरेको छ ।

कम्पनीमा ५ जना व्यक्तिगत लगानीकर्ताहरुको लगानी रहेको छ । राजेन्द्र काब्रा, दिपानकर काब्रा, विनय काब्रा, उदायन काब्रा र सन्दिप कुमार मोहता गरी पाँच लगानी कर्ता रहेका छन् । राजेन्द्र काब्रा अध्यक्ष रहेको कम्पनीको प्रमोटर ओम्नी ग्रुप रहेको छ ।

क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीको १ अर्ब ३२ करोड ५२ लाखको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङको पुनः पुष्टि गरेको छ । ४५ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले ‘इक्रा एनपी एलबी माइन्स’ रेटिङ दिएको छ । यस्तै ८७ करोड ५२ लाख बराबरको अल्पकालीन कर्जाका लागि इक्रा नेपालले कम्पनीलाई ए–४ रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।