भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको ए.टि.एम. सेवा

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टि.एम.सेवा संचालनमा ल्याएको छ ।

उक्त ए.टि.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उदघाटन गदै नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त ए.टि.एम.बाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।

बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सवा प्रदान गर्दै आइरहेको छ।