फाइनान्स कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण

0
Shares

बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि हुँदा फाइनान्स कम्पनीका सेयरमा सेयर लगानीकर्ताको आकर्षण देखिएको छ। यसदिन बढेका ६ ओटा उपसमुहगत सूचकमध्ये फाइनान्स सर्वाधिक २.६२ प्रतिशतले बढेको हो भने बाँकीको वृद्धि एक प्रतिशतभन्दा कम छ । घटेका ७ मध्ये ब्यापार सर्वाधिक १.३२ प्रतिशतले घटेको छ ।

फाइनान्स लगानीकर्ता झुम्मिएसँगै सेयर मूल्य बढ्ने र शीर्ष कारोबार हुने पहिलो नम्बरमा सोही समुह अगाडि देखिएको छ । नेपाल फाइनान्सको सर्वाधिक ९.९९ प्रतिशतले सेयर मूल्य बढेर ७२४.२० रुपैयाँ पुगेको छ भने कारोबार रकमका आधारमा सर्वाधिक २० करोड २३ लाख ३८ हजार रुपैयाँको धितोपत्र किनबेच भएको छ ।

यसदिन समाज लघुवित्तको ९.८८ प्रतिशतले बढेर २६४७ रुपैयाँ पुगेको छ भने कुथली बुखरी स्मल हाइड्रोपावरको ९.३८ प्रतिशत, मन्दाकीनी हाइड्रोपावरको ८.२८ प्रतिशत र सामलिङ्ग पावरको ८.०८ प्रतिशतले बढेको छ ।  शीर्ष कारोबार हुने दोस्रो कम्पनी गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सिईडिबि हाइड्रोपावरको ७ करोड ७४ लाख रुपैयाँ र हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भयो ।

खुम्चियो कारोबार

साता कारोबारको चौथो दिन बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । बुधबार ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता ७५७ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ कायम भएको छ । मंगलबार ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको थियो । मंगलबारको तुलनामा  कित्ता २३ लाख ३५ हजार र कारोबार रकम ६५ कराेड १४ लाख रूपैयाँले घटेको हो ।

आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको छ । सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबै सामान्य बढेका छन् । बुधबार नेप्सेमा कारोबार भएका ३०८ मध्ये १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ ।

मनकामना स्मार्टका लगानीकर्ताले सर्वाधिक गुमाए

आजको बजारमा मनकामना स्मार्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् , लघुवित्रको सेयर मूल्य ९.८८ अर्थात प्रतिकित्ता १६० रुपैयाँले घटेर १४६० रुपैयाँमा झरेको छ।

यसैगरी कुमारी सबल योजनाको इकाई मूल्य ३.०६ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फन्ड–३० को इकाई मूल्य २.४७ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको २.३२ प्रतिशत र नबिल ब्इालेन्स्ड फन्डको इकाईमूल्य २.२९ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२खर्ब ९६ अर्ब २९ करोड ६३ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।