आशा लघुवित्तको बोनस सूचीकृत

0
Shares

आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को बोनस शेयर सूचीकृत भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट वितरण भएको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ २२ गते बुधबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण गरिएको हो।

नेप्सेका अनुसार लघुवित्तले २ लाख ४८ हजार ८८० कित्ता बोनस शेयर सूचीकृत गराएको हो । यससँगै साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपश्चात उक्त बोनस शेयर खरीद बिक्री गर्न सक्नेछन् ।

लघुवित्तको गत कात्तिक ७ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो।

हाल २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी २३ करोड २२ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तले असोज १५ गतेदेखि शेयरधनी किताब बन्द गरेकाले असोज १४ गतेसम्म कम्पनीको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र बोनस पाउनेछन्।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा कायम गरेको छ।