एक्सेल डेभलपमेण्ट बैंकको नाफा २४.६३ प्रतिशत बढ्यो

0
Shares

एक्सेल डेभलपमेण्ट बैंक (EDBL) को नाफामा २४.६३ प्रतिशतले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको व्यवसाय विस्तारले खुद ब्याज आम्दानी वृद्धि भएकाले नाफा बढेको हो ।

चालू आर्थिक वर्षको ६ महिना अवधिमा बैंकले खुद नाफा बढाउँदै १० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले गत आवको यसै अवधिमा ८ करोड २५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

चुक्ता पूँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २९.७१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६७.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.९१ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको जगेडा कोषमा २५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

दोस्रो त्रैमाससम्ममा बैंकले ८ अर्ब ७४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरि ७ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले ४ करोड ९९ लाख रुपैयाँल धेरै अर्थात २३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा १४ करोड ६९ लाख रुपैयाँ छ।

चुक्ता पूँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको बैंकको शेयरधनी कोषमा २० करोड ९२ लाख रुपैयाँ र जगेडा कोषमा २५ करोड ४७ लाख रुपैयाँ सञ्चित रहेको छ।

बैंकको खराब कर्जा अनुपात ०३९ बिन्दुले घटेर ०.४९ प्रतिशतमा सीमित भएको छ भने पूँजीकोष अनुपात १४.५७ प्रतिशत, कोषको लागत ७.५० प्रतिशत, आधारदर १०.६४ र स्प्रेडदर ६.२२ प्रतिशत छ।