त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

0
Shares

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले यसअघि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा दुई वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।