निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब साढे ३६ अर्ब बीमाशुल्क, कसको कति ?

0
Shares

सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३६ अर्ब ३२ करोड ९९ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुले २६ लाख ८ हजार ७९२ ओटा बीमालेख जारी गरेर उक्त रकम संकलन गरेका हुन् ।

गत आवको ११ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख १७ हजार ३१५ बीमालेख वापत बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय ६.३६ प्रतिशत अर्थात २ अर्ब १७ करोड ११ लाख ६८ हजार रुपैयाँले बढेको हो । यस्तै समीक्षा अवधिमा जारी बीमालेख संख्या ३.६३ प्रतिशत अर्थात ९१ हजार ४७७ ओटाले बढेको छ ।

शिखर, सगरमाथा, सिद्धार्थ इन्स्योरेन्स बीमाशुल्क संकलनमा अगाडि

चालु आर्थिक बर्षको ११ महीना अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा ४ अर्ब ८९ करोड ६६ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब २९ करोड ३७ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क उटाएको छ भने सिद्धार्थ प्रिसिमयर इन्स्योरेन्सले जेठ मसान्तसम्ममा ३ अर्ब ६६ करोड ८५ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब २३ करोड ५७ लाख ९६ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २१ करोड ३३ लाख २१ हजार रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले जेठ मसान्तसम्ममा २ अर्ब ८८ करोड ३७ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ३८ करोड ७० लाख १२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सेले २ अर्ब २६ करोड ९ लाख ४७ हजार रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब २१ करोड ६८ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी बीमा प्राधिकरणको तथ्याङ्क अनुसार दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड ५१ लाख ७६ हजार रुपैयाँ संकलन गर्दा प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड ४७ लाख ४२ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड १४ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । दुई कम्पनीको बीमाशुल्क साढे एक अर्बभन्दा कम छ । यस अवधिमा नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड २२ लाख ३२६ हजार रुपैयाँ संकलन गर्दा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम १ अर्ब १ करोड ९५ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

बीमाशुल्क संकलनका आधारमा यस्ताे छ क्रमगत विवरणः-

  • शिखर इन्स्योरेन्स कम्पनी: ४ अर्ब ८९ करोड ६६ लाख ८९ हजार रुपैयाँ
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी: ४ अर्ब २९ करोड ३७ लाख ६२ हजार रुपैयाँ
  • सिद्धार्थ प्रिसिमयर इन्स्योरेन्स: ३ अर्ब ६६ करोड ८५ लाख ९३ हजार रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी: ३ अर्ब २३ करोड ५७ लाख ९६ हजार रुपैयाँ
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स: ३ अर्ब २१ करोड ३३ लाख २१ हजार रुपैयाँ
  • नेको इन्स्योरेन्स: २ अर्ब ८८ करोड ३७ लाख ८४ हजार रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्स: २ अर्ब ३८ करोड ७० लाख १२ हजार रुपैयाँ
  • एनएलजी इन्स्योरेन्स: २ अर्ब २६ करोड ९ लाख ४७ हजार रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्स: २ अर्ब २१ करोड ६८ लाख ९६ हजार रुपैयाँ
  • दि ओरियन्टल इन्स्योरेन्स: १ अर्ब ७५ करोड ५१ लाख ७६ हजार रुपैयाँ
  • प्रभु इन्स्योरेन्स: १ अर्ब ५६ करोड ४७ लाख ४२ हजार रुपैयाँ
  • राष्ट्रिय बीमा कम्पनी: १ अर्ब ५३ करोड १४ लाख ९१ हजार रुपैयाँ
  • नेपाल इन्स्योरेन्स: १ अर्ब ४० करोड २२ लाख ३२६ हजार रुपैयाँ
  • नेशनल इन्स्योरेन्स: १ अर्ब १ करोड ९५ लाख ४७ हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।