जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ देखि

0
Shares

जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका छन् । दुई लघुवित्त गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था बनेको हो। दुवै संस्था मर्ज भएपछि असार २७ देखि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार सुरु हुनेछ ।

यसअघि नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । गत चैत १८ गते यी दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए ।

एकीकृत संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलाली र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहनेछ । साथै, एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले प्रदान गर्दै आइरहेको कारोबार बन्द रहनेछ ।

कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । यस्तै, बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा लघुवित्तको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०८१, सोमबार  १३ : ११ बजे