नेपाल क्लियरिङ्ग हाउसको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा, मूल्य कति?

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ३० हजार कित्ता संस्थापक सेयरको लिलामीमा खुला भएको छ । मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको सेयर लिलामी बिक्रीमा आएको हो । जसको न्यूनतम मूल्य ७०० रुपैयाँ राखिएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले यो सेयर खरिद गर्न पाउनेछन् । सेयर खरीदका लागि आवेदन दिंदा सबै कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।

उक्त सेयर किन्न चाहनेले सेयर संख्या र सोको मूल्य समेत खुलाई असार १२ गतेसम्म काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १३ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ असार २०८१, सोमबार  १३ : २८ बजे