सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट


मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य सोमबारको बजारमा निर्धारित मूल्यलाई निरन्तरता दिएको हो ।

आइतबारको बजारमा छापावाल सुन एक लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलामा एक हजार ८२० रुपैयाँमा किनबेच भएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।