गरिमा क्यापिटलको सञ्चालक समितिमा हेरफेर


गरिमा क्यापिटलको सञ्चालक समितिमा हेरफेर भएको छ । क्यापिटल सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको मुख्य लगानीकर्ता कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल पनि क्यापिटलको सञ्चालक नियुक्त भएको क्यापिटलले जनाएको छ ।

सञ्चालक समितिमा भएको हेरफेरसँगै कम्पनीको अध्यक्षमा दिपक पाण्डेय, सञ्चालकमा अनिल रेग्मी र संजू प्रसाद जैसवाल तथा स्वतन्त्र सञ्चालकहरुमा महेश प्रसाद काफ्ले र नैना नेपाल ढकाल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।