साञ्जेन जलविद्युतमा अर्पण बहादुर सिंहलाई कामु सीईओको जिम्मेवारी

0
Shares

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अर्पण बहादुर सिंहले पाएका छन् ।

कम्पनीको २०८१ असार ४ गतेको सञ्चालक समितिको २८६ औ बैठकले सबैभन्दा वरिष्ठ कर्मचारी सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

यससँगै अर्पण बहादुर सिंहले नयाँ सीईओ नियुक्त नभएसम्मका लागि ४२.५ मेगावाट क्षमताको आयोजना सान्जेन जलविद्युतमा कामु सीईओको जिम्मेवारी निर्वाह गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।