सेयर बजारमा सूचक र कारोबार दुबैमा गिरावट जारी, सूचक २०५१ बिन्दुमा झर्यो

0
Shares

सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार बजार सूचक र कारोबार रकममा पनि गिरावट जारी रहेको छ । बजार सूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा झरेको छ भने दैनिक कारोबार रकम समेत ३४ करोड २१ लाख रुपैयाँले घटेको छ ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य सूचक ०.९५ प्रतिशत, म्युचुअल फन्ड र बैंकिङ्ग सामान्य बढेको छ । यस्तै आज फाइनान्स सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने ब्यापार १.३९ प्रतिशत र उत्पादन तथा प्रशोधनमुलक १.१७ प्रतिशतले घटेको छ ।

अघिल्लो दिन बुधबार ४अर्ब ५ करोड ८० लाखको धितोपत्र किनबेच भएकोमा आज बिहीबार ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सबैभन्दा धेरै २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको २ लाख ३८ हजार ४१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी हिमालयन रि–इन्स्योेरेन्सको २१ करोड ४१ लाख ४० हजार रुपैयाँ, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको १२ करोड ५ लाख १६ हजार, पोखरा फाइनान्सको ८ करोड ७८ लाख र ७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा ऋणपत्रहरुको सेयर मूल्य बढेका छन् । त्रिशुली जलविद्युत कम्पनीको सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ । यसैगरी ११% महालक्ष्मी डिबेञ्चर २०८९ को ६.०२ प्रतिशत, १०.३५% एग्रिकल्चर डेभलपमेन्ट बैंक २०८३ को ५.७७ प्रतिशत, मैलुङ्गखोला जलविद्युतको ५.६२ प्रतिशत र १०.२५% नेपाल एसबिआई डिबेञ्चर २०८३ को ५.२४ प्रतिशतले बढेको छ ।

बिहीबारको बजारमा नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै दश प्रतिशतले घटेको छ। प्रतिकित्ता १०३.३० रुपैयाँले घटेपछि ९२९.७० रुपैयाँमा झरेको छ। यसैगरी शिवश्री हाइड्रोपावरको ७.८१ प्रतिशत, साधना लघुवित्तको ६.१७ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ३.७२ प्रतिशत र आरबिबि म्युचुअल फन्डको ३.५४ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।