आईसिएफसि फाइनान्सको सञ्चालकमा विजयमान श्रेष्ठ

0
Shares

आईसिएफसि फाइनान्स लिमिटेडको सञ्चालकमा विजय मान श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको २०८१ असार १३ अपरान्ह ३ः३० बजे सम्पन्न सञ्चालक समितिको ३३० औं बैठकको निर्णयानुसार यस संस्थाको रिक्त रहेको सञ्चालक पदमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट विजयमान श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले २०८१ असार १३ गतेदेखि लागू हुने गरी काठमाण्डौ जिल्ला, टोखा नगरपालिका वडा नम्बर १०, स्थायी ठेगाना भएका श्रेष्ठलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव लक्ष्मण प्रसाद जैसीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।