आत्मनिर्भर लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर असार ६ गते बिहीबार जम्मा भएको होे ।

लघुवित्तको ६२ हजार ३३८ कित्ता बोनस सेयर सोही दिन नेप्सेमा सूचीकृत भएको थियो । यो सँगै कम्पनीको चुक्ता पुँजी ६ करोड ८५ लाख ७१ हजार ८०० रुपैयाँ पुगेको छ।

आत्मनिर्भर लघुवित्तको २०८० पुस २८ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सहित ५ प्रतिशत नगद गरेर १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बुकक्लोज अनुसार लघुवित्तको बोनस २०८० पुस १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।