सबैको र साधना लघुवित्तको एकीकृत कारोबार सम्पदा लघुवित्तको नाममा हुने

0
Shares

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले दुई लघुवित्तबीचको मर्जर तथा प्राप्ती प्रकृयालाई असार १३ गते अन्तिम स्वीकृति प्रदान गरेको पत्राचार गरेपछि ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार हुने निश्चित भएको हो ।

नेपाल राष्ट्र बैंकले असार १३ गतेको पत्र पठाउँदै लघुवित्तहरुलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो । सबैको लघुवित्तबको रजिष्टर्ड कार्यालय तनहुँ जिल्लामा र साधना लघुवित्तको गोरखा जिल्लाको रजिष्टर्ड कार्यालय रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।