अरुण तेस्रोमा नेपाल र भारतका ७ बैंकले एक खर्ब ऋण लगानी गर्ने

0
Shares

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा नेपाल र भारतका गरी ७ बैंकहरुले झण्डै १ खर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन । आज लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदैछ ।

उक्त आयोजनामा नेपालका नविल बैंक र एभरेष्ट बैंक त्यस्तै भारतका स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

भारतका बैंकहरुले झण्डै ८६ अर्ब तथा नेपालका बैंकहरुले करिब १५ अर्ब बराबरको रकम उक्त आयोजनामा लगानी गर्ने भएका हुन् । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा ऋण लगानी सम्झौता हुन लागेको हो ।