एशियन लाइफको बीमाशुल्क आर्जनमा बढोत्तरी, नाफामा पनि उच्च सुधार

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासिक अवधिसम्म २ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको यस्तो शुल्क १ अर्ब ७३ करोड रहेको थियो। खुद बिमा शुल्क आर्जनमा ३१.४७ प्रतिशतको सुधार आएको हो। कम्पनीले बिमालेखको धितोमा कर्जाबाट ४ करोड ८४ लाख तथा अन्य प्रत्यक्ष आय बाट १ करोड ९८ लाख कमाई गरेको छ।

२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ४४ लाख रुपैयाँ छ । यस्तै जीवन बीमा कोषमा १९ अर्ब ३१ करोड तथा महा विपत्ती जगेडामा ५ करोड ५२ लाख रुपैयाँ राखेकोे छ।

इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासिक अवधिमा १२ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको भन्दा नाफा ३१९.६६ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले २ करोड ८९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

खुद नाफामा उल्लेख्य सुधार भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा बढेर १२ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.११ गुणा रहेको छ।

समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले कुल २९ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल २ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ लाख ८३ हजार ३९५ बिमालेख जारी गरेको छ ।