सेयर बजार सूचक नेप्से २०३७ अंकमा झर्यो, असारपछि ७५ अंकको गिरावट

0
Shares

जेठ मसान्तमा २११२.१९ बिन्दुमा रहेको बजार सूचक नेप्से असार १६ गते आइतबार आइपुग्दा ७५.२० अंकले घटेर २०३७.०९ अंकमा झरेको छ । धेरै सकारातमक कुराहरुकाबीच धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकृया गिजोलिएर लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार वियरिस ट्रेण्डमा पुगेको हो ।

आइतबार नेप्से १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा झरेको हो । आइतबार कारोबार रकम ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँमा झरेको छ । यसदिन ३२० कम्पनीका ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर ५० हजार ९५२ पटक खरिद बिक्री भएको हो ।

आइतबार कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १२ करोड ८८ लाख ७४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको हो । यसैगरी जानकी फाइनान्सको ११ करोड ९८ लाख, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको १० करोड ३९ लाख रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाख रुपैयाँ र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ८ करोड ९४ लाख रुपैयाँको भएको छ ।

आज कारोबार कित्ताका आधारमा सानिमा इक्वीटी फन्डको सबैभन्दा धेरै २ लाख ३९ हजार २१० कित्ता इकाई कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १हजार ४१६ पटक कारोबार भएको छ ।

आजको बजारबाट मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक ७.०६ प्रतिशतले बढेर १२७४ रुपैयाँ पुगेको छ । यसैगरी मैलुङ्गखोला जलविद्युतको ५.७६ प्रतिशत, नबिल ब्यालेस्ड फन्ड–२ को इकाई मूल्य ५.३६ प्रतिशत, लक्ष्मी उन्नति कोषको ४.८८ प्रतिशत र न्यादी हाइड्रोपावरको ४.३६ प्रतिशतले बढेको छ ।

उता आइतबार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेर १२१९.९० रुपैयाँमा झरेको छ । साधना लघुवित्तको ८.७७ प्रतिशत, गणपति लघुवित्तको ५.७६ प्रतिशत, मन्दाकीनी हाइड्रोपावरको ५.६९ प्रतिशत र माउन्टेन हाइड्रोपावर नेपालको ५.२० प्रतिशतले घटेको छ ।

आइतबारको कारोबारपछि सेयर बजारको कुल बजार पुँजीकरण ३२ खर्ब ३० अर्ब २१ करोड ७७ लाख ५० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।