सपोर्ट माइक्रोफाइनान्सको बोनस सूचीकृत

0
Shares

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख २३ हजार ८०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

अब यो बोनस सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि धितोपत्रको दोस्रो बजार मार्फत कारोबार गर्न सक्नेछन् । कम्पनीले २०८० चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस आज सूचीकृत गराएको हो । बुकक्लोज अनुसार २०८० पुस १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लघुवित्तको बोनस पाउनेछन् ।

नेप्सेमा सोमबार सूचीकृत भएको बोनस सेयरपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।