नेप्सेमा दोस्रो सर्किट, ५ प्रतिशत बढेपछि ४० मिनेटको लागि कारोबार बन्द

0
Shares

सरकार परिवर्तन हुने भएपछिसेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजार खुलेको आधा घण्टा नपुग्दै दोस्रो सर्किट लागेको हो ।

पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको हो। अब ४० मिनेटपछि नेप्सेमा पुनः कारोबार खुल्ने छ।

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो।

अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।