हिमालय ऊर्जाको हकप्रद आजसम्म कायम सेयरधनीले मात्र पाउने

0
Shares

हिमालय ऊर्जा विकास कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन आजसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ ।

कम्पनीले हकप्रद बिक्री गर्ने प्रयोजनार्थ असार २० गते बिहीबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार आज बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीको हकप्रद निष्कासनका बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।